28 Dec 2025
04:44 PM
नवौं एनभिए भलिबल च्याम्पियनसिपको महिलातर्फ एपिएफले लगातार दोस्रो खेल जित्ने क्रममा आज सुदूरपश्चिम प्रदेश खेलकुद परिषदलाई ३-० को सोझो सेटमा हराएको छ।
एपिएफले सुदूरपश्चिम प्रदेश खेलकुद परिषद्लाई ३-० ले हराएको छ। समूह ‘बी’ को खेलमा एपिएफ २५-६, २५-११,२५-१२ ले विजयी भएको हो । एपिएफले पहिलो खेलमा मधेश प्रदेश खेलकुद परिषद्लाई ३-० ले हराएको छ। यो जितसँगै एपिएफले सेमिफाइनलको सम्भावना बढाएको छ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्ड हलमा जारी च्याम्पियनसिपको आज भएको पहिलो खेलमा
त्रिभुवन आर्मी क्लबले चुली युवा क्लबलाई ३-० को सोझो सेटमा हराएको छ। आर्मीले २४-१६,२५-१२,२५-९ ले खेल जितेको हो।
आर्मीले समूह ‘ए’ को आफ्नो पहिलो खेलमा एभरेष्ट भलिबल क्लबलाई हराएको थियो। आर्मीले पनि अन्तिम चारमा पुग्ने सम्भावना बलियो बनाएको छ।
पुरुषतर्फ टिप टप हेल्प नेपाल स्पोर्टस क्लब र मणीमकुन्द भलिबल क्लब तथा नेपाल पुलिस क्लब र खिलजी युवा क्लबबीच प्रतिस्पर्धा हुनेछ।
चितवन । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले भरतपुर महानगरपालिकाकी प्रमुख रेनु दाहाललाई चितवन निर्वाचन क्षेत्र नं. ३ बाट आगामी प्रतिनिधिसभा निर्वाचनका लागि सर्वसम्मत उम्मेदवारका रूपमा सिफारिस गरेको छ ।
पार्टीको चितवन निर्वाचन क्षेत्र नं. ३ अन्तर्गत सम्पन्न बैठकले दाहाललाई प्रत्यक्षतर्फको उम्मेदवारमा सर्वसम्मत रूपमा सिफारिस गर्ने निर्णय गरेको हो । बैठकको निर्णय जिल्ला कमिटी हुँदै प्रदेश कमिटीमार्फत केन्द्रमा पठाइने नेकपा नेता सन्तोष पनेरुले जानकारी दिए ।
भरतपुर महानगरपालिकाको करिब एक वर्षे कार्यकाल बाँकी रहँदै दाहालले राजीनामा दिएर चुनावी प्रतिस्पर्धामा होमिने तयारी गरेको जनाइएको छ । उम्मेदवार सिफारिससम्बन्धी बैठकमा स्वयं उपस्थित दाहालले भरतपुर महानगरपालिकामा झन्डै नौ वर्ष काम गरेको अनुभव र जनताबाट प्राप्त अपार माया तथा विश्वासलाई सधैं साथमा लिएर आगामी निर्वाचनमा अघि बढ्ने बताइन् ।
उनले स्थानीय तहमा काम गर्दा प्राप्त अनुभवलाई संघीय संसदमा उपयोग गर्दै चितवन र देशको विकासका लागि प्रभावकारी भूमिका खेल्ने प्रतिबद्धता पनि व्यक्त गरिन् ।
नेकपाले चितवन–३ लाई रणनीतिक रूपमा महत्वपूर्ण क्षेत्रका रूपमा लिँदै सशक्त र अनुभवी उम्मेदवार अघि सारेको नेताहरूको भनाइ छ ।
सन्दीप लामिछाने सम्मिलित राजशाही वारियर्सले बंगलादेश प्रिमियर लिगमा विजयी सुरूवात गरेको छ । कप्तान नजमुल होसेन शान्तोको शतक र मुश्फिकुर रहिमको अर्धशतकमा राजशाही ८ विकेटले विजयी रह्यो । सन्दीपले पहिलो इनिङमा २ विकेट लिएका थिए ।
The Kalika Online is a news portal that provides the latest and up-to-date news and information related to Nepal and the world. Stay connected with us for timely updates on current affairs and breaking news.
Copyright © 2025, The Kalika Online All rights reserved.
Powered by Dipesh Chaudhary. .