28 Dec 2025

06:40 PM

नवौं एनभिए भलिबल च्याम्पियनसिप

नवौं एनभिए भलिबल च्याम्पियनसिपको महिलातर्फ एपिएफले लगातार दोस्रो खेल जित्ने क्रममा आज सुदूरपश्चिम प्रदेश खेलकुद परिषदलाई ३-० को सोझो सेटमा हराएको छ।

एपिएफले सुदूरपश्चिम प्रदेश खेलकुद परिषद्लाई ३-० ले हराएको छ। समूह ‘बी’ को खेलमा एपिएफ २५-६, २५-११,२५-१२ ले विजयी भएको हो । एपिएफले पहिलो खेलमा मधेश प्रदेश खेलकुद परिषद्लाई ३-० ले हराएको छ। यो जितसँगै एपिएफले सेमिफाइनलको सम्भावना बढाएको छ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्ड हलमा जारी च्याम्पियनसिपको आज भएको पहिलो खेलमा
त्रिभुवन आर्मी क्लबले चुली युवा क्लबलाई ३-० को सोझो सेटमा हराएको छ। आर्मीले २४-१६,२५-१२,२५-९ ले खेल जितेको हो।

आर्मीले समूह ‘ए’ को आफ्नो पहिलो खेलमा एभरेष्ट भलिबल क्लबलाई हराएको थियो। आर्मीले पनि अन्तिम चारमा पुग्ने सम्भावना बलियो बनाएको छ।

पुरुषतर्फ टिप टप हेल्प नेपाल स्पोर्टस क्लब र मणीमकुन्द भलिबल क्लब तथा नेपाल पुलिस क्लब र खिलजी युवा क्लबबीच प्रतिस्पर्धा हुनेछ।



बालेन प्रधानमन्त्रीको उमेद्वार। रवि लामिछाने सभापती नै रहने सहमती भयो।
साधारण सभा अधिवेशन तथा नयाँ कार्यसमिति चयन
नयाँ बर्षको नयाँ उत्सव रेवान सौराहाको साथमा
चितवन हात्ती महोत्सव : आज सुन्दरी र हात्तीको उपचार
रवि लामिछानेलाई भेट्नुअघि बालेन शाह र कुलमान घिसिङबीच भेटवार्ता हुने
भीमोदय नमुना माध्यमिक विद्यालयले ५५ औँ वार्षिकोत्सव विभिन्न कार्यक्रमसहित मनाइँदै
सन्दीप लामिछाने सम्मिलित राजशाही वारियर्सले बंगलादेश प्रिमियर लिगमा विजयी सुरूवात गरेको छ ।
चितवनको मुग्लिनमा आजदेखि सुन्तला महोत्सव
नारायणी नदीकिनारमा चौथो गैँडाकोट महोत्सवको तयारी तीव्र
सौराहामा आजदेखि चितवन हात्ती तथा पर्यटन महोत्सव सुरुहुँदै
भरतपुर महानगर प्रमुख रेनु दाहाल चितवन–३ बाट नेकपाको सर्वसम्मत उम्मेदवार सिफारिस

The Kalika Online is a news portal that provides the latest and up-to-date news and information related to Nepal and the world. Stay connected with us for timely updates on current affairs and breaking news.

Contact

  • Kalika Municipality-3, Chitwan

  • 9763579027

  • thekalikaonline@gmail.com

Quick Links

Copyright © 2025, The Kalika Online All rights reserved.

Powered by Dipesh Chaudhary. .