28 Dec 2025

06:43 PM

रवि लामिछानेलाई भेट्नुअघि बालेन शाह र कुलमान घिसिङबीच भेटवार्ता हुने

The Kalika Online

28 Dec 2025

# Politics

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई भेट्नुअघि काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) शाह र नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङबीच भेटवार्ता हुने भएको छ ।

सबै पक्षलाई मिलाउने प्रयास भइरहेको र सहमतिमा हस्ताक्षर गर्नुअघि बालेन र कुलमानबीच छलफल हुने तय भएको बालेननिकट स्रोतले जनाएको छ । “कुलमान घिसिङ र मेयर साबबीच भेटवार्ता हुँदैछ । सबै पक्षलाई मिलाउने प्रयास भइरहेको छ । सहमतिमा हस्ताक्षर हुने विषयमा अहिले नै यकिन भन्न सकिने अवस्था छैन,” स्रोतले भन्यो ।

यसअघि शुक्रबार राति मेयर बालेन शाह आफ्ना सल्लाहकार कुमार बेन, भूपदेव शाह, केपी खनाललगायत व्यक्तिसँग ललितपुरको गोदावरी क्षेत्रमा छलफलमा बसेका थिए ।


The Kalika Online is a news portal that provides the latest and up-to-date news and information related to Nepal and the world. Stay connected with us for timely updates on current affairs and breaking news.

Contact

  • Kalika Municipality-3, Chitwan

  • 9763579027

  • thekalikaonline@gmail.com

Quick Links

Copyright © 2025, The Kalika Online All rights reserved.

Powered by Dipesh Chaudhary. .