28 Dec 2025
06:43 PM
The Kalika Online
28 Dec 2025
मुस्कान काप्री (पत्रकार) :-
साधारण सभा अधिवेशन तथा नयाँ कार्यसमिति चयन
चितवन पुस्तक तथा स्टेशनरी व्यवसायिक संघको दोस्रो साधारण सभा तथा अधिवेशन कालिका नगरपालिका स्थित उदयपुर सामुदायिक वनको पिकनिक स्थलमा मिति २०८२ पौष १२ गते सम्पन्न भएको छ । व्यवसायिक भेलामा उद्योग वाणिज्य संघ रत्ननगरका अध्यक्ष श्री शंकर गिरी ज्यूको प्रमुख आतिथ्यतामा पुस्तक महासंघ पूर्व केन्द्रिय सदस्य श्री मुना गुरुङ चितवन कपि उद्योगका निःवर्तमन अध्यक्ष श्री केशव खनाल ज्यूको उपस्थीति रहेको कार्यक्रमबाट नयाँ कार्यसमिति चयन गरिएको छ । चयन हुनेहरुमाः
अध्यक्षः श्री सुजन पाण्डे
प्रथम उपाध्यक्षः श्री राजु भुसाल
द्धितिय उपाध्यक्षः श्री विद्याधर वास्तोला
सचिवः श्री नारायण रेग्मी
कोषाध्यक्षः श्री नारायण प्रसाद पौडेल
सहसचिवः श्री जय बहादुर जिसी
सदस्यहरुमा श्री मुना पाण्डे, निर्मला पराजुली, कृष्णदेव महतो,राजन बस्ताकोटी, बिन्जु शिवाकोटी चयन भएका छन् भने सल्लाहकारहरुमा श्री मुना गुरुङ, हरिनारायण पौडेल, बलराम क्षेत्री चयन भएका छन् उक्त अधिवेशन काजी राज चौधरी ज्यूको अध्यक्षतामा सम्पन्न भएको थियो ।
The Kalika Online is a news portal that provides the latest and up-to-date news and information related to Nepal and the world. Stay connected with us for timely updates on current affairs and breaking news.
Copyright © 2025, The Kalika Online All rights reserved.
Powered by Dipesh Chaudhary. .